Wednesday, April 29, 2015

भूकम्प सँगै हराएको मन ।

भग्नावशेस घरहरूमा
सन्तानहरू अामा खोज्दैछन्
अामाहरू सन्तान खोज्दैछन्
म, भूकम्प सँगै हराएकाे
मेरो मन् खोज्दैछु
जो,
केही वेर अघि सम्म सद्धे थियो
तर अहिले
म सद्धे भएपनि मेरो मन सद्धे भएन
जस्ले
ढोकाले च्यापेको मृत सरिर देख्यो
दुध चुसाउदै गरेकी अामा र चुस्दै गरेकाे छोराको
मृत शरीर देख्यो

थर्थराएको, फुंग उडेको
मेरो अर्धचेतन अात्मा
मेरो मन खोजिरहेछ
थाहै नदिइ पृथ्वी हल्लाएर जाने
भूकम्प नामक अज्ञात तस्तरीको
ज्ञात संरचनामा
ति भग्नावशेस हरूमा
अनि अार्यघाटको धुवाँमा
अस्तित्व नामेट पारीएको धरहराको फेदमा
क्षितिजमा उडीरहेको हेलिकप्टरले ल्याएका शवहरूमा
मेरो मन खोजिरहेछ
यि दुखान्त मृत्यु उत्सवहरूमा ।।।





भूकम्प ।।

क्षितिजमा कागहरू कराय
गाेकुलमा गाइहरू कराय
मुसा दाैडिय
माछा उफ्रिय
यि वैज्ञानिक जीवहरू
मानिस भन्दा पनि वैज्ञानिक
जस्ले भूकम्प अाएकाे थाहा पाए ।
.....................................................
तिम्रो दुश्मनी
म सँग,
या मेरो खाट सँग
या मेरो सिंगै घर सँग
जाे सँग भएपनि नहल्लाउ,
नथर्काउ, नचर्काउ,
ति हल्लिदा, थर्किदा, चर्किदा
मेरो मन, मुटु हल्लिन्छ
प्रताडित हुन्छ,
विछिप्त हुन्छ,
कायल हु्न्छ,
घायल हुन्छ।

तिमि अाएर हराउदासम्म
सयाैँ अामाहरू हराउछन्
सयाैँ सन्तानहरू हराउछन्
सयाैँ अाफन्तहरू हराउछन्

तिम्रा कारणले सृजित शवहरू
शहिद हुदैनन
ति निरिह छन्
तिम्रो नियति भोग्न
तिनका देहहरू
तिमिले सृजना गरेका
धुलोमा हराउछन्
तिनका अात्मा हरू
तिमिले पारेका
दरारहरूमा हराउँछन् ।
तिम्रो दुश्मनि
ति निरिह प्राणीहरूमाथि
कीन ????
...............................

Wednesday, December 10, 2014

इच्छा र सफलता

      भनिन्छ मानिसको सफलता उसको इच्छाशक्तिमा निर्भर रहन्छ तर अहँ म त्यसमा विश्वास गर्दिन । मेरो सफलता मेरो इच्छाशक्ति बाहेक अन्य धेरै कुरामा निर्भर छ । यो वर्ष मेरो इच्छा शक्ति बाहेक अन्य धेरै कुराले मेरो साथ छोडेेका छन् र यो निश्चित छ कि म सफल हुन सक्दीन । यानेकी परिस्थती सँग सम्झाैता गर्नु बाहेक म सँग अन्य विकल्प रहेन ।
        
             म मा साैदाबाजी गर्ने शक्ति अत्यन्त न्यून छ । त्यसैले म सदाँ परिस्थिति सँग सम्झाैता गर्न बाध्य हुन्छु । तर परिस्थिति मेरो निरिहपनाको भरपुर दुरूपयोग गरिरहेछ । म एउटा सरल काम सुझाउछु  परिस्थिति सयाैँ जटिल काम थुपारिदिन्छ , म धेरै मानिसका सम्पर्कमा नरहन खोज्छु दिनहुँ सयाैँ मानिस मेरो गिदि कोट्याइरहन्छन्, म धेरै जोखिम नलिएर काम गरूँ भन्छु  मैले दिनहुँ गर्ने हरेक हस्ताक्षारमा अाफ्नो जीवन धरापमा पारिरहेकाे अनुभुति गर्नुपरिरहेछ । 
           मैले २३ बशन्त र २४ सरद कटाइसकेको छु। मतलब मेरो जीवनमा बशन्त भन्दा सरदको सँख्या एकले बढीछ । म जति वर्ष जीउने छु मैले कटाएका वशन्त भन्दा सरद बढी हुनेछन् । मैले हिजो अाज र भोली सरदलाइ बशन्त देख्ने प्रयत्न गरे, गरिरहेछु र गरिरहनेछु । अाज मलाइ यो परिस्थितिले साथ नदिए के भो  हिजो साथ दिएकै थियो र अाशा छ भोलीकाे कुनै दिनमा पनि साथ दिनेछ । बस् खाँचो छ त प्रयत्नको । 

Sunday, July 13, 2014

गजल bY NaVeeN

अाफ्नाे भन्नु अाफ्नाे छैन, रहर एक्लै एक्लै,
बगिजाने पानी छैन, नहर एक्लै एक्लै ।।

हुँदाे हुँत रापिलाे म उम्रन्थे नि बुट्यानहरू
उजाड छु सेपिलाे म, पहर एक्लै एक्लै ।।

जतिचाेटी लेखेपनि किन यस्तै हुन्छ
शब्दजति एकातिर बहर एक्लै एक्लै ।।

सुगन्ध छ बगैँचामा कराेगरी पुग्छ यहाँ
अन्तै बग्छ बयलीकाे लहर एक्लै एक्लै ।।
बगिजाने पानी छैन, नहर एक्लै एक्ले ।।।

Monday, November 25, 2013

आधा हिस्सा खेलको हार स्विकार ।
प्रेमले दिएको यो तिरस्कार स्विकार ।।

उड्दा उड्दै पंख गले धावा बोल्दा सुक्यो बोलि ।
कर्मको फल पाएकैहो उपहार स्विकार ।। ***************
तिमि भन्थ्योँ यो सर्वाहाराको मुक्ति ।
म भन्थे होइन अँ।खा छल्ने जुक्ति ।।

आँखिर छरपस्टै भो वास्तविकता ।
सिन्धुमा पोँडिदैछ तिम्रो राष्ट्र भक्ति ।।

ध्रुव रिजाल
कीर्तिपुर

Wednesday, November 13, 2013

सपना

सपना

सपना देख्नुमा न cost न benefit तर हाम्रो सपनाले वास्तविक जीवन संग सकारात्मक रूपले मेल खाएमा हामिमा कति सुखानुभुत हुन्छ । अन्यथा सपना त हो भनेर विर्सिन रतिभर लाग्दैन हामिलाइ ।
२०१५ शाल देखि देखिदै र देखाइदै ल्याइएका यि सपनाले कतिको मुर्तता पाए यो जगजाहेजै छ । सवैभन्दा बढिपटक देखिएको सपनात सायद नेपाल स्विट्जरल्याण्ड भएको सपनै होला । २ बर्षमा लोडसेडिङ हटाउने ३ बर्षमा गरिवि हटाउने पूर्व पश्चिम रेलमार्ग, केवुलकार, शिक्षा स्वास्थ्य, खानेपानि, सुशासन अ।दि अ।दिले समुन्नत र सम्बृद्द् नेपाल भएको सपना त कति देखिए देखिए कति देखाइए देखाइए । यो वर्ष पनि प्रचण्ड,कोइराला, झलनाथ, गच्छदार, यादवहरूले फेरि नेपाल स्विट्जरल्याण्ड भएको सपना देखेका छन्, सम्मुन्नत सम्बृद्द् र शान्त नेपाल भएको सपना देखेका छन् । यि सपनाको प्रभाव खोज्न ज्योतिषिकहाँ जाने वा सपना त होनि भनेर विर्षिदिने म अ।फै अन्योलमा परेको छु । सपना कल्पनाको प्रतिविम्व हो, सवै सपनाको मुर्तता खोज्नु मुर्खतानै होला अनि त्यहाँ भन्दा बढि मुर्खता होला अप्राप्य सपनाको बहुप्रस्तुतिकरण ।। ................... किताब पढेर देश देख्ने दर्शकहरूलाइ के थाहा पुर्खोँ देखि अं।डारमा बस्दै अ।एका बलबहादुर चेपाङको सपना, पेटभरी दुइ छाक खान निपाएका जुम्लाका सेते दमाइको चाहना, अं।षधि नपायर छटपटिदै मरेकी बाजुराकी सुर्जकला बोगटिका परिवारको वेदना, चोभारमा गिट्टि कुट्ने ८ बर्षिया रामसिङ पहाराको कल्पना ?? नेपाललाइ स्विट्जरल्याण्ड भएको सपना देख्नेहो नेपाललाइ स्विट्जरल्याण्ड होइन नेपालै बनाउ तर शान्त, सम्वृद्द् र सम्मुन्नत नेपाल ।। फेरि तिम्रा झुठा अ।स्वासन र २।४ सय पैशामा फस्नेछन सेझा नेपाली जनता, डर धम्कि र त्रासमा बस्नेछन सोझा नेपाली जनता ।। पाप गर्नेकै फलिफाप गराउने इस्वर दुष्ट बन्दा कस्को पो के लाग्छर ??

ध्रुव रिजाल किर्तिपुर, काठमाण्डु

Tuesday, September 17, 2013

अब क्रान्ति को आगो बल्छ अरे , फेरी हतियारको खेल चल्छ अरे । नेपालत स्विजरल्याल्ड भैसक्यो, त्यहाँनी मान्छे सहितको गाडी जल्छ अरे ।।