Wednesday, April 29, 2015

भूकम्प सँगै हराएको मन ।

भग्नावशेस घरहरूमा
सन्तानहरू अामा खोज्दैछन्
अामाहरू सन्तान खोज्दैछन्
म, भूकम्प सँगै हराएकाे
मेरो मन् खोज्दैछु
जो,
केही वेर अघि सम्म सद्धे थियो
तर अहिले
म सद्धे भएपनि मेरो मन सद्धे भएन
जस्ले
ढोकाले च्यापेको मृत सरिर देख्यो
दुध चुसाउदै गरेकी अामा र चुस्दै गरेकाे छोराको
मृत शरीर देख्यो

थर्थराएको, फुंग उडेको
मेरो अर्धचेतन अात्मा
मेरो मन खोजिरहेछ
थाहै नदिइ पृथ्वी हल्लाएर जाने
भूकम्प नामक अज्ञात तस्तरीको
ज्ञात संरचनामा
ति भग्नावशेस हरूमा
अनि अार्यघाटको धुवाँमा
अस्तित्व नामेट पारीएको धरहराको फेदमा
क्षितिजमा उडीरहेको हेलिकप्टरले ल्याएका शवहरूमा
मेरो मन खोजिरहेछ
यि दुखान्त मृत्यु उत्सवहरूमा ।।।





No comments:

Post a Comment