Wednesday, December 10, 2014

इच्छा र सफलता

      भनिन्छ मानिसको सफलता उसको इच्छाशक्तिमा निर्भर रहन्छ तर अहँ म त्यसमा विश्वास गर्दिन । मेरो सफलता मेरो इच्छाशक्ति बाहेक अन्य धेरै कुरामा निर्भर छ । यो वर्ष मेरो इच्छा शक्ति बाहेक अन्य धेरै कुराले मेरो साथ छोडेेका छन् र यो निश्चित छ कि म सफल हुन सक्दीन । यानेकी परिस्थती सँग सम्झाैता गर्नु बाहेक म सँग अन्य विकल्प रहेन ।
        
             म मा साैदाबाजी गर्ने शक्ति अत्यन्त न्यून छ । त्यसैले म सदाँ परिस्थिति सँग सम्झाैता गर्न बाध्य हुन्छु । तर परिस्थिति मेरो निरिहपनाको भरपुर दुरूपयोग गरिरहेछ । म एउटा सरल काम सुझाउछु  परिस्थिति सयाैँ जटिल काम थुपारिदिन्छ , म धेरै मानिसका सम्पर्कमा नरहन खोज्छु दिनहुँ सयाैँ मानिस मेरो गिदि कोट्याइरहन्छन्, म धेरै जोखिम नलिएर काम गरूँ भन्छु  मैले दिनहुँ गर्ने हरेक हस्ताक्षारमा अाफ्नो जीवन धरापमा पारिरहेकाे अनुभुति गर्नुपरिरहेछ । 
           मैले २३ बशन्त र २४ सरद कटाइसकेको छु। मतलब मेरो जीवनमा बशन्त भन्दा सरदको सँख्या एकले बढीछ । म जति वर्ष जीउने छु मैले कटाएका वशन्त भन्दा सरद बढी हुनेछन् । मैले हिजो अाज र भोली सरदलाइ बशन्त देख्ने प्रयत्न गरे, गरिरहेछु र गरिरहनेछु । अाज मलाइ यो परिस्थितिले साथ नदिए के भो  हिजो साथ दिएकै थियो र अाशा छ भोलीकाे कुनै दिनमा पनि साथ दिनेछ । बस् खाँचो छ त प्रयत्नको । 

No comments:

Post a Comment